News by: Khulla Awaj
No active ad available.
भोजपुर । लगातारको भारी वर्षाका कारण विपद्जन्य घटना हुन सक्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्लाका विभिन्न सडकमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ।
जिल्ला सुरक्षा समिति भोजपुरको निर्णयअनुसार आज २०८३ असोज ८ गतेदेखि सवारी आवागमनमा रोक लगाइएको हो।
प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार भोजपुर सदरमुकामबाट उत्तरतर्फ षडानन्द नगरपालिकाको केन्द्र हुँदै जाने तथा सदरमुकामबाट दक्षिणतर्फ वैकुण्ठे हुँदै हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिका बालंखा जाने सहायक राजमार्गमा आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।
त्यस्तै, भोजपुर जिल्लाअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा आजदेखि साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोक लगाउने निर्णय गरिएको छ।
प्रशासनले विपद्का कारण हुन सक्ने क्षति न्यूनीकरण तथा विपद्को समयमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सवारी आवागमनमा रोक लगाइएको जनाएको छ।
यद्यपि, बिरामी बोकेको एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलगायत अत्यावश्यक सवारीलाई नजिकको प्रहरी कार्यालयसँग समन्वय गरी सञ्चालन गर्न सकिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय भोजपुरले सबैलाई आवश्यक सतर्कता अपनाउन तथा तोकिएको समयमा सवारी आवागमन नगर्न आग्रह गरेको छ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’