21st November 2025, Friday

भोजपुरमा पहिरोले सडक अवरुद्ध, एक परिवार सुरक्षित स्थानमा सारियो

1 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर, असोज १९ — भोजपुर नगरपालिका–७ मा आइतबार दिउँसो परेको लगातार वर्षासँगै पहिरो खस्दा देउरालीदेखि नयाँ बसपार्कतर्फको सडक अवरुद्ध भएको छ।


जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार करिब १६:२५ बजे वर्ष ४७ का कमल प्रसाद दाहालको घर नजिकै बाँसको झ्याङसहित ठूलो पहिरो खसेपछि बाटो पूर्णरूपमा अवरुद्ध भएको हो।


सडक बन्द भएपछि पैदल यात्रु र सवारी साधनलाई वैकल्पिक रूपमा जिल्ला प्रहरी कार्यालयको गेट हुँदै मध्यपहाडी लोकमार्गतर्फ आवत–जावत गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय भोजपुरकाे प्रहरी टोलीले दाहाल परिवारलाई सुरक्षित स्थानमा सारेर घरका सामान पनि सुरक्षित राखिएको जनाएको छ।


रात परेकाले तत्काल सडक खोल्ने कार्य सम्भव नभएको प्रहरीको भनाइ छ।


No active ad available.


No active ad available.