24th October 2026, Saturday

भोजपुरमा निःशुल्क आँखा जाँच शिविर हुने

3 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । सिद्धकाली इङ्लिस बोर्डिङ स्कुल, भोजपुरले विद्यालयका सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी निःशुल्क आँखा जाँच शिविर आयोजना गर्ने भएको छ।

नेपाल नेत्र ज्योति संघ, जिल्ला शाखा भोजपुर र सिद्धकाली इङ्लिस बोर्डिङ स्कुलको संयुक्त सहकार्यमा २०८३ असोज १२ गते सोमबार विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन हुने विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार शिविरमा विद्यार्थी तथा अभिभावकहरूको निःशुल्क आँखा जाँच गरिनेछ। आँखासम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक परामर्श लिन सकिने भएकाले विद्यालयले सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई शिविरमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ।



No active ad available.