12th March 2026, Thursday

भोजपुरमा मतगणना सुरु

6 दिन अगाडी

News by: खुल्ला आवाज

No active ad available.

Post Image

भोजपुर — भोजपुरमा मतगणना कार्य सुरु भएको छ। जिल्लाको पूर्वी क्षेत्रस्थित अरुण गाउँपालिकाकाे अरुण–१ याङपाङस्थित कटका माध्यमिक विद्यालय (क), (ख) र (ग) तथा अरुण–२ चम्पेचम्पे माध्यमिक विद्यालय (क) र (ख) बाट मतगणना शुरु भएकाे हाे ।

जिल्लाभर भएको मतदानमा महिला २७ हजार ७४५ र पुरुष ३० हजार ४२२ गरी कुल ५८ हजार १६७ मत खसेको छ। यो कुल मत ४६.२५ प्रतिशत रहेको निर्वाचन कार्यालयले जनाएको छ।

मतगणना कार्य जारी रहेकाले परिणाम क्रमशः सार्वजनिक गरिने जनाइएको छ।


No active ad available.


No active ad available.