News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुर । भोजपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–६ बस्ने २२ वर्षीय सोनुप राई र सोही नगरपालिका–१२ बस्ने २४ वर्षीय रिजन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताउनुभयो ।
उनीहरूलाई मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने भोजपुर नगरपालिका–९, को पिङडाँडामा प्रहरी टोलीले नियमित सवारीसाधन चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा उनीहरूबाट ११ प ७६६८ का मोटरसाइलको सिट मुनि लुकाई ल्याइरहेको प्लाष्टिकमा राखिएको खैरो रंगको पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक परीक्षणअनुसार उक्त पदार्थ ब्राउन सुगर भएको प्रहरी जनाएको छ ।प्रहरीका अनुसार उक्त पदार्थ २० ग्राम ६०० मिलिग्राम रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।साथै उनीहरूबाट अन्य केही खुला ट्याबलेटहरू समेत बरामद गरिएको छ।
बरामद ट्याबलेटको नाम नखुलेको तर ती लागुऔषधसम्बन्धी सामग्री नै भएको अनुमान गरिएको प्रहरीको भनाइ छ। यद्यपि विस्तृत परीक्षण र प्राविधिक परीक्षण पश्चात् मात्र ती ट्याबलेट कुन खालको लागुऔषध हुन् भन्ने यकिन हुने प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान थालिएको छ। बरामद गरिएको पदार्थलाई परीक्षणको तयारी भइरहेको र घटना सम्बन्धी थप अनुसन्धान अघि बढाइने पनि प्रहरीको भनाइ छ ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’