News by: Khulla Awaj
No active ad available.
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार भोजपुरबाट खटिएको सादा पोसाकको प्रहरी टोली र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको संयुक्त टोलीले तिवारीभञ्ज्याङ चोकमा सवारी साधन तथा यात्रु जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–२ का अन्दाजी २५ वर्षीय पुष्पराज आले मगर र साेहि वडाका ३८ वर्षीय रोशन श्रेष्ठ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ३८० क्याप्सुल ट्रामाडोल (TRAMADOL) र १०० ट्याब्लेट डाइसाइक्लोमिन हाइड्रोक्लोराइड (DICYCLOMINE HYDROCHLORIDE TABLET IP–DCYCLO 20) बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत भोजपुरबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’