News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुरमा लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका कन्चन बस्नेत, भोजपुर नगरपालिका–९ का अनिल राई र उनका दाजु रमेश राईलाई लागु औषध र नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले वताएकाेछ ।
लागु पदार्थ सेवन गरिरहेको भन्ने सूचनाका आधारमा खोज तलास गर्दा टेम्केमैयुङ गाउँपालिका २ का कन्चन बस्नेतको साथबाट १० चक्की ट्रमाडोल र १० चक्की स्पास्पेन चक्की बरामद भएकाले उनलाई प्रहरी कार्यालय लगी सोधपुछ गर्दा अनील राई र रमेश राईबाट किनेर ल्याएको भन्ने खुलेपछि प्रहरीले उनीहरुको घर कोठामा खानतलासी गर्दा दुई हजार ५० चक्की ट्रमाडोल, दुई हजार ७० स्पास्पेन, नगद ९७ हजार दश, एक सय वीस ग्राम गाजा र २ थान मोवाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अरविन्द्र शाहले बताए ।
प्रक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई थप अनुशन्धान भईरहेको जनाएको छ ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना