16th November 2025, Sunday

भोजपुरमा भारी वर्षा : सवारी साधन आवागमनमा अस्थायी रोक

1 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर, असोज १८।

भोजपुरमा निरन्तर भइरहेको भारी वर्षाका कारण जिल्लाभित्र लामो तथा छोटो दूरीका सवारी साधनको आवागमनमा अस्थायी रोक लगाइएको छ।


जल तथा मौसम विज्ञान विभागले आज राति पनि भारी वर्षा हुने पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ। त्यसैअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को निर्णयअनुसार जिल्लाभित्र बहने ठूला नदीहरू—सुनकोशी, दुधकोशी र अरुणसहितका सहायक खोलाहरूका किनार तथा तटीय ग्रामीण सडकमा सवारी सञ्चालनमा रोक लगाइएको हो।


जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सो क्षेत्रका सडकमार्गमा सवारी आवागमन रोकिएको छ। अत्यावश्यक बाहेक छोटो दूरीका सवारी साधनसमेत सञ्चालन नगर्न आग्रह गरिएको छ।


नदी तथा खोला किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न समेत प्रशासनले विशेष अनुरोध गरेको छ।




No active ad available.


No active ad available.