31st January 2026, Saturday

भाेजपुरमा भाेलिदेखि हुने आँखाशिविरकाे तयारी पूरा

1 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

शारदा तामाङ, भोजपुर

भोजपुर नगरपालिका–१२, पुरानो डवली टक्सारमा मंगलबारदेखि शुरु हुने आँखा शिविरकाे सबै तयारी पूरा गरिएको आयोजक संस्थाले जनाएको छ। नेपाल नेत्र ज्योति संघ अन्तर्गतको आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा हुने तीन दिने शिविर मंसिर २५ देखि २७ गतेसम्म सञ्चालन हुने छ।


नेत्र ज्योति संघ भोजपुरका कार्यवाहक अध्यक्ष सम्झना प्रधानको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले शिविर सञ्चालनका लागि आवश्यक कार्यविभाजन तय गरेको छ। शिविर विराटनगर आँखा अस्पताल, रानी विराटनगरको प्राविधिक सहयोगमा संचालन हुँदैछ।


शिविरमा आँखाको नियमित जाँचसँगै सहुलियत मूल्यमा चस्मा वितरण, र मासु पलाएको, मोतियाबिन्दु लगायत आँखाका रोगहरूको शल्यक्रिया विशेषज्ञ चिकित्सकमार्फत गरिनेछ।

आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङका अनुसार, "ग्रामीण भेगका नागरिकलाई सहज सेवा उपलब्ध गराउन शिविरको तयारी पूर्ण रूपमा सम्पन्न भएको छ," उनले बताए।


शिविरमा सहभागिताका लागि स्थानिय तह तथा स्वास्थ्यकर्मीमार्फत सूचना प्रवाह गरिएको तथा आवश्यक उपकरण, औषधि र जनशक्ति व्यवस्थापन पूरा भएको केन्द्रले जनाएको छ।





No active ad available.


No active ad available.