31st January 2026, Saturday

भोजपुरको टेम्केमैयुङमा भतिजाद्वारा काकाको हत्या

4 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ घोरालुङमा भतिजाले काकाको हत्या गरेका छन्। घरायसी विवादका क्रममा ४६ वर्षीय सोमप्रसाद राईले आफ्नै काका ६२ वर्षीय थामबहादुर राईको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार प्रारम्भिक अनुसन्धानमा अभियुक्त सोमप्रसाद राई मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको खुलेको छ। मादक पदार्थको प्रभावमा काकामाथि आक्रमण गर्दा घटनास्थलमै थामबहादुर राईको मृत्यु भएको प्रहरीको भनाइ छ।

घटना गएराति भए पनि ढिलो गरी मात्र प्रहरीमा जानकारी प्राप्त भएको टेम्केमैयुङ–४ का वडाध्यक्ष हर्कराज राईले बताउनुभयो।

सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाई थप अनुसन्धान थालेको छ। घटनामा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No active ad available.


No active ad available.