News by: Khulla Awaj
No active ad available.
भोजपुर । भोजपुर वहुमुखि क्याम्पसमा प्राध्यापक र कर्मचारीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
तलव नपाएको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
प्रजातन्त्रवादि प्राध्यापक संघका सभापति वेनुबहादुर कार्की र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सदस्य डा. पर्वत कुमार राई द्वारा हस्ताक्षर गरिएको विज्ञप्ति सार्वजनिक गर्दै असोज २३ गते क्याम्पस प्रमुखलाई विज्ञप्ति वुझाए पनि प्रमुखले पुर्ण रुपमा माग सम्वोधन गर्न र संवाद गर्न समेत उदासिनता देखाएका कारण दोस्रो चरणको आन्दोलन गर्न बाध्य भएको विज्ञाप्तीमा उल्लेख गरेकाछन् । संघ र संगठनले राखेका माग पुरा गरिसकेको भ्रम पुर्ण हल्ला फिजाई पुन भ्रम सृजना गर्ने प्रयास गरेकोे विज्ञाप्तीमा उल्लेख गरिएकोछ ।
आफुहरुले राखेका माग पुरा नभएसम्म प्रमुखको कार्यकक्षमा ताला नखोलिने वताईएकोछ ।
यता क्याम्पस प्रमुख भुलानाथ राईका अनुसार कार्यकक्षमा लगाएको ताला प्रहरी प्रशासनको सहयोगमा दिउसै तोडिएको छ ।
क्याम्पसको दैनिक रुपमा गर्नु पर्ने प्रशासनिक काम गर्न र परिक्षा संचालन गर्न ताला तोडी प्रशासनिक काम गरिएको क्याम्पस प्रमुख भुलनाथ राईले बताए ।
प्रमुख लाईका अनुसार प्राध्यापक र कर्मचारीको वाँकी रहेको तलव भत्ता त्रिवी केन्द्रिय कार्यालयले नपठाएका कारण दिन नसकेको राईले बताए ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना