News by: Khulla Awaj
No active ad available.
भोजपुर, १४ असोज । भोजपुर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने अभियानअन्तर्गत सरोकारवालासँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ।
भोजपुर नगरपालिकाको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा आयोजित कार्यक्रममा नगरभित्रका १२ वटै वडाका बाल क्लबका अध्यक्ष तथा पदाधिकारी, नगर बाल क्लब सञ्जालका पदाधिकारी, विद्यालयका शिक्षक तथा भोजपुरमा क्रियाशील पत्रकारको सहभागिता रहेको थियो।
कार्यक्रममा बालश्रम अन्त्य, बालअधिकार संरक्षण तथा बालमैत्री वातावरण निर्माणका विषयमा छलफल गरिएको थियो। बालश्रममुक्त समाज निर्माणका लागि सबै पक्षले साझा प्रतिबद्धताका साथ सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो।
नगर प्रमुख कैलाशकुमार आलेले बालश्रममुक्त समाज निर्माण भएमा मात्रै बालअधिकारको प्रभावकारी संरक्षण हुने बताउनुभयो। उहाँले बालश्रम अन्त्यका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत विवेक घिमिरेले नगरलाई बालश्रममुक्त घोषणा गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार नगरका ६ वटा वडा बालश्रममुक्त घोषणा भइसकेका छन्। बाँकी वडामा समेत आवश्यक सूचक पूरा गरी नगरलाई नै बालश्रममुक्त घोषणा गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागी पत्रकारहरूले बालश्रमका कानुनी, सामाजिक तथा आर्थिक असरबारे समुदायमा सचेतना फैलाउन सञ्चार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। बाल क्लबका अध्यक्ष, शिक्षक तथा अन्य सरोकारवालाले पनि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण भोजपुर नगरपालिकाका अधिकृत सुरेन्द्र राईले गर्नुभएको थियो।
भोजपुर नगरपालिकाका १२ वडामध्ये वडा नम्बर ३, ६, ७, ८, ९ र १२ बालश्रममुक्त वडा घोषणा भइसकेका छन्।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’