News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुर – नेपाली कांग्रेसका युवा नेता तथा भोजपुर जिल्ला सचिव सफल किरातले पार्टीको विशेष महाधिवेशनको माग गरेका छन्।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै किरातले पार्टी पुनःनिर्माण र नेतृत्व चयन प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनका अनुसार, “जेन–जि आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र सामाजिक नेतृत्वको मागलाई सम्बोधन गर्न आन्तरिक पार्टी संरचना र नेतृत्व चयन प्रक्रियामा सुधार अपरिहार्य छ । त्यसैले जिल्ला देखि केन्द्रसम्मको नेतृत्व सच्चाएर पार्टी पुनःनिर्माण र जेन–जि ले उठाएका विषयहरू सम्बोधन गर्न विशेष महाधिवेशन बोलाई निर्वाचन गर्नु उपयुक्त हुनेछ।”
किरातले पुराना संरचना र कार्यशैलीमा सुधार नगरी कांग्रेसले भविष्यमा नेतृत्वको भूमिका निभाउन नसक्ने बताएका छन्।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’