News by: शारदा तामाङ
No active ad available.
भोजपुरको रामप्रसाद राई गाउपालिका २ कटुन्जेका नइन्द्र विश्वकर्मालाई भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्याथीले आर्थिक सहयोग गरेको छ ।
विपि काइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचारभोजपुरको रामप्रसाद राई गाउँपालिका–२ कटुन्जेका नइन्द्र विश्वकर्मालाई भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन्।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत विश्वकर्मालाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहलमा आज आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो।
क्याम्पसमा अध्ययनरत विद्यार्थी संगम विश्वकर्माका बुवा रहेका नइन्द्र विश्वकर्माको उपचारमा आर्थिक अभाव भएको खबर पाएपछि सहयोग संकलन गरिएको स्ववियु सभापति सोविन तामाङले जानकारी दिनुभयो।
सभापति तामाङका अनुसार विद्यार्थीहरूबाट संकलित १६ हजार ५ सय २० रुपैयाँ रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो।
उहाँले विश्वकर्माको उपचारका लागि अझै आर्थिक सहयोग आवश्यक रहेकाले सबैमा सहयोगको अपिल समेत गर्नुभएको छ।
फोक्सोमा गम्भीर संक्रमण देखिएपछि नइन्द्र विश्वकर्मा हाल धरानस्थित घोपा क्याम्पमा उपचाररत रहनुभएको छ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’