17th July 2025, Thursday

भोजपुर बहुमुखी क्याम्पसको ५९औ बार्षिक उत्सव सम्पन्न

4 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर बहुमुखी क्याम्पसको बार्षिक उत्सव सम्पन्न भएको छ । वुधवार एक कार्यक्रमका विच ५९ औ वार्षिक उत्सव सम्पन्न भएकाे हाे ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजङ्ग बरालको समेत उपस्थिथिति रहेकाेथियाे ।

कार्यक्रममा वाेल्दै उपकुलपति डा. वरालले शैक्षिक गुणस्तर बृद्धिमा ध्यान दिन जोड दिनु पर्ने वताउदै । भोजपुरमा मात्र नभई देशै भरि शैक्षिक गुणस्तरमा प्रश्न उठ्न थालेको बताउनु भयो । उहाले क्याम्पसमा पठनपाठन भैरहेको संकायहरुका प्राध्यापक अभाव भए विद्यार्थी संगठनहरुले खबरदारी गर्नुपर्ने वताए ।

उपकुलपति डा. वरालले वुधवारनै क्याम्पसमा नव निर्मित भवनको अनुगमन समेत गरेकाछन् ।

बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितात्मक कार्यक्रममा प्रथमहुने प्रतियाेगिहरुलाई पुरस्कार वितरण गरिएकाेछ । कार्यक्रम क्याम्पस प्रमुख डा.पर्वत कुमार राईको अध्यक्षता सम्पन्न भएकाेथियाे ।


No active ad available.


No active ad available.