News by: Khulla Awaj
No active ad available.
भोजपुर । अविरल वर्षाका कारण भोजपुर नगरपालिका–५ मसिनेबेँसीमा गोठघर लडेर क्षति भएको छ।
शनिबार बिहान करिब १० बजे अविरल वर्षाका कारण स्थानीय शकुन्तला भुजेलको गाईगोठ लडेर क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
गोठघर लडेको सूचना बिहान १०ः१५ बजे प्राप्त भएपछि अस्थायी प्रहरी बिट देउरालीबाट प्रहरी सहायक हवल्दार हरि विष्टको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनामा मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। गोठघर लड्दा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
वक्तृत्वकला शैक्षिक सुधारका लागि पनि प्रभावकारी माध्यम’