31st January 2026, Saturday

ऐतिहासिक भोजपुर डबली मेला सुरु हुँदै

2 हप्ता अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

भोजपुर । जिल्लाको ऐतिहासिक पहिचान बोकेको भोजपुर डबली मेला–२०८२ यही माघ १ गतेदेखि फाल्गुण ३ गतेसम्म आयोजना हुने भएको छ। “हाम्रो प्रकृति, हाम्रो संस्कृति : पर्यटन नै हाम्रो आर्थिक उन्नति” भन्ने नारासहित आयोजना हुने मेलामा सांस्कृतिक, पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। चर्चित कलाकार द्रव्य ब्याण्ड (माघ ९), रचना रिमाल (माघ १७), अस्मिता अधिकारी (माघ २०) र समिक्षा अधिकारी (माघ २) को प्रस्तुति रहने आयोजकले जनाएको छ।

मेलाका आकर्षणहरूमा स्थानीय तथा कृषि उत्पादन प्रदर्शनी, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारका लागि फोटो तथा जानकारी प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम, बिङ्गो (हाउजी), स्टलहरू, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि समावेश छन्।

खेलकुदतर्फ माघ ८ गते स्लो बाइक रेस र माघ १६ गते लुडो प्रतियोगिता हुनेछन्। लुडो प्रतियोगितामा प्रथम पुरस्कार १ वटा खसि, दोस्रो र तेस्रो पुरस्कार १–१ वटा भाले राखिएको छ। स्लो बाइक रेसमा नगद पुरस्कारको व्यवस्था छ।

मेलाको अन्तिम दिन फाल्गुण १ गते भिडियो हाउजी हाउसफुल कार्यक्रम पनि आयोजना हुनेछ, जहाँ स्कुटर मुख्य पुरस्कारका रूपमा राखिएको छ।

मेलाको आयोजना उज्यालो भोजपुर ले गरेको हो। आयोजकले मेलामा सहभागी भई स्थानीय संस्कृति, कला र उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।


No active ad available.


No active ad available.