News by: खुल्ला आवाज, भोजपुर
No active ad available.
भोजपुर नगरपालिका ५ बोखिमका किसानहरुलाई च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्धेश्यले च्याउ उत्पादन सम्वन्धी तालिम संचालन गरिएको छ ।
सुम्निमा बहुप्राविधिक शिक्षालयले गत जेठ ४ गतेबाट एक सय ६० घण्टे च्याउ उत्पादन सम्वन्धी तालिम बोखिमका किसानहरुका लागि संचालन गरेको हो ।
किसानहरुलाई ब्यवसायीक ज्ञान सिकाउँदै च्याउ खेतीमा प्रोत्साहन गर्ने उद्धेश्यका साथ तालिम संचालन गरिएको शिक्षालयका निमित्त प्रमुख निरज अधिकारीले बताए ।
बिभिन्न सीप मुलक तालिम अन्तर्गत शिक्षालयले वडा तहमा यो तालिम संचालन गरेको हो ।
तालिममा वडाका २० जना महिला पुरुष किसानहरुको सहभागिता रहेको थियो । शिक्षालयले प्रयोगमा आउने तालिमसँगै ज्ञान तथा सीप सिकाएसँगै किसानहरुमा थप च्याउखेती प्रति उत्साह देखिएको वडाध्यक्ष फबिन्द्र वताए ।
वडा कार्यालयसँगको सहकार्यमा संचालित तालिमका सहभागिहरुले आफुहरुलाई तालिमले ब्यवसायीक उत्पादनमा सहयोग मिल्ने सीप सिकाएको बताएका छन् ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना