24th June 2026, Wednesday

आमसञ्चार विधेयककाे विरोधमा भोजपुरमा पत्रकार महासंघको धर्ना

9 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

भोजपुर, भदौ १२ ।

प्रदेश एक सरकारले प्रदेशसभामा दर्ता गरेको "आमसञ्चार विधेयक" पत्रकारिताको स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने खालको रहेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरले धर्ना कार्यक्रम गरेको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको धर्ना कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्यहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथि अतिक्रमण गर्ने प्रावधानलाई तत्काल खारेज गर्न माग गरेका छन्।

धर्ना कार्यक्रममा पत्रकारहरूले विधेयकमा उल्लेख गरिएका प्रेस स्वतन्त्रता विरोधी धारा संशोधन नगरेसम्म संघर्षलाई निरन्तरता दिने चेतावनीसमेत दिएका थिए।

स्वतन्त्र पत्रकारितालाई कुन्ठित गर्ने प्रकतिकाे विधेककाे विरुद्दमा प्रदेश महासंघले निर्रधारण गरेकाे विराेधकाे कार्यक्रममा भाेजपुर शाखाले अर्थ पुर्ण सहभागिता देखाएकाे नेपाल पत्रकार महासं भाेजपुर शाखाका सचिव विवेक राईले वताए ।

फरक प्रसंगमा सचिव राईले उक्त विधेक यहि अवस्थामा पास गराउन चाहे पुन आन्दाेलनकाे प्रकृति अनुसार कालाे कपन वाधेर सडकमा प्रेस स्वतन्त्रताकाे पक्षमा निस्कन तयारि रहन आग्रह समेत गरे

नेपाल पत्रकार महासंघ भोजपुरका अनुसार प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई कमजोर पार्ने कुनै पनि प्रयास पत्रकारिता समुदायले स्वीकार गर्ने छैन।

विध्येककाे विषयमा नेपालपत्रकार महासंघ एक नम्वर प्रदेशले विराेधकाे कार्यक्रम गरिरहेकाेछ ।



मुख्य समाचार

No active ad available.


No active ad available.