20th March 2025, Thursday

आमचाेक गापालिका १ वासिङकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

8 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

आमचाेक गापालिका १ वासिङकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आमचाेक गाउपालिका १ वासिङथर्पुकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाेछ । मंगलवार वडा कार्यालयकाे सभाहलमा कार्यक्रम सम्पन्न भएकाे हाे । गाउपालिकाकाे आयाेजनामा सम्पन्न कार्यक्रममा वडा पालिकाकाे सेवा प्रवाह विकास निर्माण लगायतका विषयमा आर्थिक वर्ष ०८०/०८१ काे सार्वजनिक सुनुवाई गरेकाे हाे ।

कार्यक्रममा सहभागिहरुले भाैतिक विकास सगै शिक्षा स्वास्थ्य, कृषि, लगायतका विषयमा सरोकारवालाहरूसँग प्रश्न गुनासा तथा सल्लाह सुझाव राखेकाथिए ।

वडा पालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको वडाअध्यक्ष निम्नुरि शेर्पा वडा सचिव दिनेशकुमार गणेश वडासदस्यहरु तथा विषयगत संघसंस्थाका प्रतिनिधिले जवाफ दिएकाथिए

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य कृषि,विधुत तथा भाैतिक संरचना निर्माण याेजना कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए ।

कार्यक्रममा वडाअध्यक्ष निम्सीनुरि शेर्पाले नागरिकको समस्या र गुनासोलाई वडाले सकारात्मक रुपमा लिने वताए । अध्यक्ष शेर्पाले सर्वसाधारण सग जाेडिने र देखिने खाल्काे काम गर्न नसकेकाे वताएकाछन् । खास हामिले देखिने साना काम गर्न सकेनाै कृषिमा वजेट धेरै कम गरेकाछाै तर पालिकाले कृषिमा केही साेचेकाेछ हामी पनि वैकल्पिक र वैज्ञानिक कृषि प्रणालिमा जानू पर्ने आवश्यक रहेकाे महसुस गरेकाछाै उनले भने । केही गर्न नसकेपनि आगामि वर्षमा वडा भित्रकाे फुसकाे छानाे हटाउने लक्ष्य रहेकाे वताए ।

वडाअध्यक्ष शेर्पाले वडापालिका अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा तपाईहरूका समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गरेकाछन् ।



No active ad available.


No active ad available.