News by: खुल्ला आवाज, काठमाण्डाै
No active ad available.
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुने कार्यतालिकामा उल्लेख छ ।
यसैगरी दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबीविरोध गर्नका लागि फागुन २८ गते तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबीविरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ भने चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
मुख्य समाचार
No active ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भाेजपुर सदरमुकामा भेटिएकाे सवकाे पहिचान खुल्याे
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना