22nd April 2025, Tuesday

आईतवार वाट संसदकाे अवराेध हट्छ- प्रधानमन्त्रि दाहाल

1 वर्ष अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार ( भाेलि)देखि संसदको अवरोध हट्ने दाबी गरेका छन् ।

आज स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने बताएका हुन् ।

संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको वताउदै उनले आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने बताए । आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुने वताएकाछन् ।

‘हामीले निरन्तर पहल गर्दै आएका छौं हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौं । आशा छ भोलि सदन खुल्छ,’ उनले भने ।


No active ad available.


No active ad available.