News by: शारदा तामाङ
No active ad available.
भोजपुरमा ‘मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला ब्याडमिन्टन संघको अयोजनामा प्रतियोगिता आज बाट शुरु भएको हो ।
प्रतियोगिताको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले एक कार्यक्रमका बीच उद्धघाटन गरे । प्रतियोगितामा पुरुष खुल्ला डवल्स, भेट्रान्स ९०+, मिक्स डबल्स, यू–१५, बि लेभल लगायतका विद्यामा प्रतिस्पर्धा हुने भोजपुर जिल्ला ब्याडमिन्टन संघका कार्यवाहक अध्यक्ष बेनुप खत्रीले जानकारी दिए ।
प्रतियोगिता आधारभूत स्तरबाटै ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक रुपमा तन्दुरुस्त बनाउने उद्देश्य आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बिबेक श्रेष्ठले बताए ।
खुल्ला डबल्स प्रतियोगितामा देशभरका पुरुष खेलाडीहरु सहभागी भएका छन् । प्रथम पुरस्कार ५० हजार, दोस्रो २५ हजार र तेस्रो १२÷१२ हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । ९० वर्षमाथिका भेट्रान्स पुरुष डबल्स तर्फका बिजेताले प्रथम, द्वितीय र तृतीयले क्रमश नगद ३० हजार, २० हजार र १०÷१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
खुला मिक्स डबल्स तर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५० हजार, ३० हजार र २० हजार रुपैयाँ र तृतीयलाई १०÷१० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत नै हुने यु–१५ पुरुष तथा महिला खुला सिगंल्सतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमश नगद रु १५ हजार , १० हजार र ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
१२ गते सम्म संचालन हुने प्रतियोगितामा देश भरिका १४५ खेलाडीको सहभागिता रहेको छ ।
मुख्य समाचार
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
भोजपुरमा कोटडाडा र देउरालि विचको ग्याङ फाईट, तिन घाईते
भोजपुर सदरमुकाम देखि श्यामशिला तर्फ जादै गरेको अटो दुर्घटना, छ घाईते
भोजपुरमा एम्वुलेन्स र वोलेरो दुर्घटना
भोजपुर नगरपालिका ५ बोखिममा चाेरी