13th February 2025, Thursday

लागुऔषध सहित पाँच जना पक्राउ

1 महिना अगाडी

News by: विराटनगर

No active ad available.

Post Image

लागुऔषध सहित ५ जना पक्राउ पक्राउ परेकाछन् । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पुस १० गते दिउँसो झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-२ का ४६ बर्षीय जीत नारायाण श्रेष्ठलाई १ ग्राम २१ मिलिग्राम ब्राउन सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय पकली सुनसरीले ९० मिलिग्राम ब्राउन सुगर सहित इटहरी-१८ का ५९ बर्षीय महिद मिया र उनकै ३० बर्षीय छोरा इब्राम मियालाई पक्राउ गरेको छ भने, अस्थायी प्रहरी चौकी तीनकुनेले धरान-८ का ३० बर्षीय संजोग तामाङ र २४ बर्षीय रुक्सन पाख्रिनलाई २०६ चक्की ट्रामाडोल र स्पासपेन सहित पक्राउ गरेको हो ।

यसै गरी मोरङको सुनवर्षी नगरपालिका-६ स्थितमा बेबारिसे अबस्थामा रहेको २५ किलोग्राम लागुऔषध गाँजा प्रहरी चौकी झपडतलले बरामद गरेको हो । पक्राउ परेकाहरुकाे वारेमा थप अनुसन्धान भैरहेकाे प्रहरी प्रदेश कार्यालय विराटनगरले वताएकाेछ ।



No active ad available.