13th February 2025, Thursday

लागु औषध सहित भाेला र निकेश पक्राउ

5 महिना अगाडी

News by: खुल्ला आवाज, भोजपुर

No active ad available.

Post Image

जिल्ला प्रहरी कार्यालय भोजपुरले लागु औषध सहित दुई जनालाई पक्राउ गरेकोछ । टेम्केमैयुम गाउपालिका १ तिम्माका भोला राई र भोजपुर नगरपालिका १२ टक्सारका निकेश श्रेष्ठलाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो ।

राई र श्रेष्ठको साथ वाट प्रहरीले लागुऔषध ट्रामाडोल ३५ चक्कि र कोलिवन ट्याव्लेट २५ चक्कि सहित पक्राउ गरेको प्रहरीले जनाएकोछ । उनिहरु सवार को ६ प ४१६ नम्वरको मोटर साईकलले पैदल यात्रिलाई ठक्कर दिएको र खोज तलास चेकजाज गर्दा उनिहरु वा उक्त लागु औषध फेला परेको थियो ।

पक्राउ परेसगै राई र श्रेष्ठलाई थप अनुसन्धान गर्दा उनिहरुले ठुलो परीमाणमा लागु औषध सहितको झोला दुर्घटना पश्चात भोजपुरको अरुण गाउपालिका लेगुवा जादै गरेको बा २ ख ७०७२ नम्वरको यात्रूवाहक वसमा

ट्रामाडोल ११३ पत्तामा एक हजार एक सय तिस चक्कि र कोलिवन ट्याव्लेट ५७ पत्तामा एक हजार एक सय पचास चक्कि वरामत गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकोछ ।




No active ad available.